मकवानपुरमा भएका छुट्टाछुटै दुर्घटनामा ६ जना घाइते
बागमती, १४ साउन स् मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको सवारी दुर्घटनामा छ जना घाइते भएका छन् । धरान–चतरा सडक खण्डअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका ४ स्थित बागमती पुल नजिकै सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको बिएडी ७३४६ नम्बरको स्कारपियो अनियन्त्रित भई पल्टिदा त्यसमा सवार पाँच जना घाइते भएका छन् ।
सडकबाट करिब २० मिटर तल खस्दा स्कारपियो चालक उदयपुरको कटरी नगरपालिका ४ तल्लो कटारी निवासी ३६ वर्षीय दीपक परियार, स्कारपियोमा सवार कटारी नगरपालिका ४ तल्लो कटारी निवासी ५३ वर्षीय राजिव थापा, ४९ वर्षीय पुष्पा थापा, मोरङको विराटनगर महानगरपालिका निवासी ५६ वर्षीया लक्ष्मी थापा, ६८ वर्षीय हरि थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
घाइते पाँचै जनालाई उपचारको लागि जिल्ला अस्पताल हेटौँडा ल्याइएको प्रहरीको भनाइ छ । यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका ८ कमाने शान्ति टोलस्थित खण्डमा स्कुल बसले ठक्कर दिँदा स्थानीय ७५ वर्षीया पूर्णकुमारी थापा घाइते भएका हुन् ।
मिलनचोकबाट क्याम्पाडाँडातर्फ जाँदै गरेको ना१क ६५३२ नम्बरको माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा पैदलयात्री थापा घाइते भएको प्रहरीले जनाएको छ । निधार, हात खुट्टा र टाउकोमा चोट लागेर घाइते भएका उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण