घरको अरिङ्गाल चोरिएपछि वडामा उजुरी
मङ्गलबार, १५ साउन २०८१, १२ : १५
पोखरा । गोरखाको सहिद लखन गाउँपालिका ७ मा घरमा हुर्किरहेको अरिङ्गाल चोरी भएपछि खोजिदिन वडामा उजुरी परेको छ । वडा सदस्य समेत रहेका डिलबहादुर गरन्जाले घटनाको छानबिनका लागि निवेदन दिएका हुन् ।
वडाध्यक्ष शरण श्रेष्ठले घटनाको छानबिन र संलग्नमाथि कारबाहीको माग गर्दै घरधनीले निवेदन दिएका बताए ।
‘रातको समयमा आगो लगाएर घरमा भएको अरिङ्गालको गोलो लगेछन् । सत्य तथ्य पत्ता लगाइदिनुपर्यो भनेर निवेदन आएको छ,’ उनले भने । अरिङ्गाल चोरीसँगै घरमा क्षति भएको उनले सुनाए ।
‘केही महिनाअघि मात्रै घरमा रंगरोगन गरिएको रहेछ,’ श्रेष्ठले थपे, ‘सबैतिर धुवाँ लागेको छ ।’
पीडितको निवेदनका आधारमा घटनामा संलग्नको खोजीका लागि पहल गरिने उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण