सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौँ । रुपन्देही र कञ्चनपुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका-१० कञ्चन पुलस्थित सडकमा रा.५ प ८७३३ नम्बरको मोटरसाइकल र लु.२ ख ६२३६ नम्बरको टेलर गाडी एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार दाङ घोराही उपमहानगरपालिका-४ बस्ने २५ वर्षीया सावित्रा भन्ने स्यान्नानी चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको भिमदत्त नगरपालिका-३ भासीस्थित सडकमा म.१ त १०१७ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-६ सुखासाल बस्ने ३५ वर्षीया पार्वती भट्टको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण