टेरामक्समा अनियमितता देखेको लेखा समितिमा पुगे मोहन बस्नेत
काठमाडौँ । टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा भएको अनियमितता प्रकरणमा मुछिएका पूर्वमन्त्री मोहन बस्नेतलाई सार्वजनिक लेखा समितिको सदस्य बनाइएको छ ।
मंगलबार सभामुख देवराज घिमिरेले पेस गरेको प्रतिनिधि सभा अन्तरगत रहेका संसदीय समितिका सदस्यहरू हेरफेरको प्रस्तावलाई सभाले अनुमोदन गरेको हो । यसअघि बस्नेत शिक्षा, स्वास्थ्य र प्रविधि समिति रहेका थिए ।
तत्कालीन सूचना तथा सञ्चार मन्त्री रहेका बस्नेतले नै टेरामक्स खरिद प्रक्रिया अघि बढाएका थिए । अनियमिततामा नाम जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतलाई बयानका लागि बोलाएको थियो । गत वर्षको माघमा उनी अख्तियारको कार्यालय पुगेर बयान दिएका थिए ।
अहिले उनै बस्नेतलाई सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गर्ने अधिकारप्राप्त संसदीय समितिको सदस्य बनाइएको छ । समितिको कार्यक्षेत्र अन्तरगत सार्वजनिक लेखा, महालेखा परीक्षकको प्रतिवेदन र सम्बद्ध विषय तथा निकास भनी पनि तोकिएको छ ।
रोचक कुरा, यसअघि लेखा समितिले नै टेरामक्स प्रविधि खरिदमाथि प्रश्न उठाउँदै यससँग सम्बन्धित सबै प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको थियो । गत वर्षको पुस ११ गते बसेको समितिको बैठकले टेरामक्सको खरिद विवादित रहेको र नसुल्झिएका विषयहरू सूक्ष्म रूपमा विश्लेषण तथा अनुसन्धान नभएसम्म यसका सबै प्रक्रिया रोक्न भनेको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण