सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्नु होला : प्रधानसेनापति
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्दै भरोसायोग्य र प्रभावकारी सङ्गठनकारूपमा स्थापित नेपाली सेनाले भावी नेतृत्वलाई सहयोग पुर्याउनुपर्ने बताएका छन् ।
तीनवर्षे कार्यकालको उत्तरार्धमा पृतनापतिहरूलाई ‘भर्चुअल’ माध्यममार्फत सम्बोधन गर्दै उनले सेनालाई संविधान र सरकारबाट प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकामा सकलदर्जालाई समेत धन्यवाद ज्ञापन गरे ।
प्रधानसेनापति शर्माले भने, “व्यक्ति केन्द्रित आकस्मिक योजनाभन्दा वस्तुगत अन्तरक्रिया, तार्किक बहस र विस्तृत पुष्ट्याइँसहित सामूहिक योजनाले हाम्रा बझाइ र गराइमा प्राथमिकता पाउनुपर्छ ।” उनले नेपाली सेना सम्पूर्ण नेपाली जनताको आड र भरोसाको धरोहर रहेको तथ्यलाई ध्यान दिई सदैव राष्ट्रिय सुरक्षा र राष्ट्रहित अनुरूप असरदा कार्य गर्न निर्देशन दिए ।
त्यसअवसरमा प्रधानसेनापतिले मनसुनका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोमा सकलदर्जाले पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गर्दै उच्च हौसलाका साथ विपद् प्रतिकार्यमा लागि रहन सुझाव दिए ।
बलाधिकृत रथी अशोकराज सिग्देल युद्धकार्य विभागका निमित्त विभागीय प्रमुखलगायत रथीबृन्दको उपस्थिति रहेको कार्यक्रममा पृतनापतिले विद्यमान विपद् प्रतिकार्यमा फौजको परिचालनलगायत समसामयिक विषयमा प्रस्तुतीकरणमार्फत जानकारी गराउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण