पोर्चुगलमा सञ्चालित अवैतनिक नेपाली महावाणिज्य दूतावास बन्द
काठमाडौँ । पोर्चुगलको लिस्बनमा अवस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावास बन्द भएको छ । नेपाल सरकारले पोर्चुगलका लागि राजदूत सिफारिस गरेसँगै बाणिज्य दूतावास बन्द भएको हो ।
नेपाल सरकार परराष्ट्र मन्त्रालयले सन् २०१४ मार्चमा पोर्चुगलको लिस्बनमा अवस्थित हुने गरी अवैतनिक नेपाली बाणिज्य दूतावासको स्थापना गरेको थियो । सन् २०२० जुलाईमा बाणिज्य दूतावासलाई महावाणिज्य दूतावासमा पदोन्नति गरिएको थियो ।
अवैतनिक नेपाली महावाणिज्य दूत मकर बहादुर हमाल एक विज्ञप्ति जारी गर्दै आफ्नो कार्यावधि सकिएको र नवीकरण नहुने मौखिक जानकारी आएकोले सेवा बन्द भएको जानकारी दिए ।
'पोर्चुगलमा राजदूतावास स्थापनाका लागि राजदूत समेत नियुक्त भएकोले नेपाली राजदूतावास पेरिसबाट आगामी दिनमा काम कारबाही बन्द गर्न मौखिक निर्देशन दिएपछि आजकै मितिबाट लागु हुने गरी अवैतनिक नेपाली महावाणिज्य दूतावासको कार्यालय बन्द हुने तथा सेवाग्राहीलाई प्रवाह गरिँदै आएका सम्पूर्ण सेवाहरू बन्द भएको जानकारी गराइन्छ', हमालले सूचनामार्फत जानकारी दिएका छन् ।
मन्त्रीपरिषद् बैठकले पोर्चुगलका लागि प्रकाशमणि पौडेललाई राजदूतको रूपमा सिफारिस गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण