एयर होस्टेजलाई दुर्व्यवहार गरेको आरोपमा श्री एयरलाइन्सका यात्रु पक्राउ
बुधबार, १६ साउन २०८१, १२ : ०४
काठमाडौँ । श्री एयरलाइन्सका एयर होस्टेज लाई दुर्व्यवहार गरेको आरोपमा एक जना यात्रुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँबाट उडेको जहाज धनगढीमा अवतरण भएपछि शिवराज ओझालाई पक्राउ गरिएको कैलालीका एसपी पदम विष्टले रातोपाटीलाई बताए ।
कैलालीको गोदावरी नगरपालिका–१ घर भएका ओझालाई प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ । मङ्गलवार काठमाडौँबाट धनगढी जाने क्रममा उनले सुरुमा एयरहोस्टेज र विवाद बढेपछि विमानका अरू कर्मचारीलाई पनि दुर्व्यवहार गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण