१३ वर्षीय बालिकालाई जबरजस्ती करणी, तीन जना पक्राउ
बुधबार, १६ साउन २०८१, १२ : १४

रुकुम पश्चिम । १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका–१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन् ।
उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका–१ चौरजहारी बजारस्थित होटेलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमि सम्बन्धी विधेयकमा उपेन्द्र यादवको आपत्ति
-
यस्ता छन् निजामती विधेयकमा गरिएका १० नयाँ व्यवस्था
-
आँखा उपचार नपुगेका ठाउँमा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योती संघबिच सम्झौता
-
जलवायु कार्यमा योगदान पुर्याउन भारत प्रतिबद्ध छ : मन्त्री यादव
-
जनमतकी सांसद गीता गुरुङको राजीनामा सभामुखले किन गरेनन् स्वीकृत ?
-
तेस्रो दिन पनि गाजामा हवाई आक्रमण, २० जनाको मृत्यु