दाङमा बस र ट्रक ठोक्किँदा १९ जना घाइते
बुधबार, १६ साउन २०८१, १२ : १७
बुटवल । दाङमा बस र ट्रक एकापसमा ठोक्किँदा १९ जना घाइते भएका छन् ।
घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत हापुरखोलामा घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४०९६ नम्बर ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ४ ख ३८४८ नम्बरको बस आज एकापसमा ठोक्किँदा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घाइते सबै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार घाइते सबैजना बसका यात्रु हुन् भने सबैको अवस्था सामान्य रहेको छ । बस र ट्रक चालकका दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण