डोल्पाबाट बिरामी लिएर आएको हेलिकप्टर आकस्मिक अवतरण
बुधबार, १६ साउन २०८१, १५ : ०५
सुर्खेत । डोल्पाबाट बिरामी ल्याएर आएको हेलिकप्टर सुर्खेतको एक धान खेतमा आकस्मिक अवतरण गरेको छ । नेपालगन्जका लागि डोल्पाबाट उडेको उक्त हेलिकप्टर मौसम खराबीका कारण सुर्खेतको लेकबेशी नगरपालिका–६, को रामघाट नजिकैको धान खेतमा अवतरण भएको हो ।
प्रहरीका अनुसार सशस्त्र प्रहरी सहायक निरीक्षक नरबहादुर बिसी बिरामी भएपछि हेलिकप्टर नेपालगन्ज लिन लागिएको थियो । यद्यपि हेलिकप्टर सहज रूपमा अवतरण गरेको र ठुलो दुर्घटना हुनबाट बचेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले रातोपाटीलाई जानकारी दिए ।
हेलिकप्टर अवतरण गरेपछि बिरामीलाई एम्बुलेन्समार्फत कर्णाली प्रदेश अस्पताल कालागाउँ ल्याइएको छ । यस्तै मौसम सुधार आएसँगै हेलिकप्टर वीरेन्द्रनगरस्थित विमानस्थलमा ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण