मन्त्रीपरिषद्का निर्णय सार्वजनिक हुनु अगावै बाहिर आउने कुराको अन्त्य गर्छौं : मन्त्री गुरुङ
बुधबार, १६ साउन २०८१, १७ : ०७
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीपरिषद्का निर्णय सार्वजनिक हुनु अगावै सूचना दिनेकुराको अन्त्य गर्ने बताएका छन् ।
सरकारले असार ३१ गते मन्त्रीपरिषद् बैठक बसेको २४ घण्टापछि मात्रै निर्णय सार्वजनिक गर्ने बताएको थियो । तर सरकारले लागू गर्न नसकेपछि सञ्चारकर्मीहरुले जिज्ञासा राखेका थिए ।
सञ्चारकर्मीहरुको जिज्ञासामा मन्त्री गुरुङले नियममा, ओहदामा बस्नेहरूले सरकारको निर्णय चुहाउन नहुने र सरकारको प्रवक्ताले नै २४ घण्टापछि सार्वजनिक गर्ने बताए । उनले आगामी दिनमा सूचना चुहाउन नदिन सरकार लाग्ने बताए । मन्त्रीहरू, मुख्यसचिव, सहसचिव जसको माध्यमबाट भएपनि सूचना चुहुन नदिन उनले आग्रह गरे ।
मन्त्री गुरुङले सुरुका दिनमा केही समस्या भएपनि आगामी दिनमा समाधान गर्दै जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण