वर्षा शिवाकोटी शिक्षिकाको भेषमा हुँदा धेरै झुक्किए
अभिनेत्री वर्षा शिवाकोटी सुटिङका क्रममा शिक्षिकाको पहिरनमा हुन्थिन् । विद्यार्थी, शिक्षक र अभिभावक समेत उनीसँग झुक्किन्थे, साँच्चिकै शिक्षिका सम्झेर । कतिले त मिस–म्याडम भनेर बोल्थे, कुन विषय पढाउने भनेर सोधपुछ समेत गर्थे ।
आफू अभिनीत चलचित्र ‘मोदीबेनी’को छायांकनका क्रममा भएका रमाइला अनुभव सुनाउँछिन् वर्षा । आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘मोदीबेनी’मा उनले गाउँले शिक्षिकाको भूमिका निभाएकी छन्, जुन उनका लागि पहिलो अनुभव थियो ।
पर्वत जिल्लामा मोदीबेनी घाट छ, त्यो ठाउँको एउटा सत्यकथालाई यस फिल्ममा समेटिएको बताइएको छ ।
‘मोदीबेनीमा स्कुल पनि कम छन् । अर्कोतिर त्यहाँ विद्यार्थीले गुणस्तरीय शिक्षा नपाइरहेको अवस्था छ,’ वर्षा भन्छिन्, ‘योसँगै शिक्षिकाका समस्या लगायत धेरै मुद्दा फिल्मले उठाएको छ ।’
फिल्म प्रदर्शन नजिकिएदेखि वर्षा प्रचार–प्रसारमा व्यस्त छन् । त्यसमाथि निर्माण युनिटले फिल्मको प्रचार सामग्री (पोस्टरदेखि ट्रेलर र टिजरसम्म)मा वर्षालाई केन्द्रमा राखेको छ । प्रचारको शैलीलाई हेरेर कतिपयले ‘मोदीबेनी’ नारीप्रधान फिल्म भएको अनुमान गरेका छन् । फिल्मको कथा नारीमा आधारित भएकाले प्रचारमा आफूलाई अगाडि सारिएको हुन सक्ने वर्षा बताउँछिन् ।
आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘मोदीबेनी’मा उनले गाउँले शिक्षिकाको भूमिका निभाएकी छन्, जुन उनका लागि पहिलो अनुभव थियो ।
‘फिल्मका धेरै महत्त्वपूर्ण फ्याक्टर नारीसँग सम्बन्धित छ, तर फिल्ममा कलाकार जति छन्, सबैको चरित्र महत्त्वपूर्ण छ,’ उनी भन्छिन्, ‘प्रचारको केन्द्रमा आफूलाई राखिएकाले जिम्मेवारी बढेको महसुस भएको छ । खासगरी म महिलालाई केन्द्रीय पात्र बनाइएको फिल्म गर्न चाहन्छु । केही हदसम्म त्यो चाहना सम्बोधन भएको जस्तो लागिरहेको छ ।’
वर्षा अभिनीत फिल्म ‘छक्कापन्जा ५’को छायांकन भर्खरै सकिएको छ, जो दीपकराज गिरी र दीपाश्री निरौला समूहले निर्माण गरेको हिट फिल्म ‘छक्का पन्जा’को पाँचौँ शृंखला हो । यसको छायांकन सकिएलगत्तै उनी ‘मोदीबेनी’को प्रचार–प्रसारमा होमिएकी हुन् ।
गत वर्षको दशैँमा वर्षा अभिनीत फिल्म ‘परदेशी २’ रिलिज भएको थियो । करिब एक वर्षको अन्तरालमा उनको नयाँ फिल्म ‘मोदीबेनी’ दर्शकमाझ आउँदै छ । त्यसैले पनि वर्षा निकै उत्साहित छन् ।
‘परदेशी २’ बनेको तीन–चार वर्षपछि मात्रै प्रदर्शनमा आएको थियो । यसपालि भने छायांकन सकिएको छोटो समयमै ‘मोदीबेनी’ प्रदर्शन हुँदै छ । ‘लामो ग्यापपछि मेरो नयाँ फिल्म रिलिज हुन लागेको हो,’ उनी भन्छिन्, ‘नयाँ र राम्रो टिम भएकाले अपेक्षा बढेको हो ।’
शङ्कर कोइरालाको निर्देशित ‘मोदीबेनी’ एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथामा निर्माण भएको फिल्म हो । फिल्ममा वर्षाका अलाबा अमरप्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुव्रतराज आचार्य, अनामिका लामिछाने, पुजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लभिस गर्तौला, शेरबहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय छ ।
‘म अलिअलि चुँजी भएकी छु । लामो समय भयो, फिल्म क्षेत्रमा । अब काम गर्दा केही फरक पनि गर्नुपर्छ । मोदीबेनीको विषयवस्तु फरक भएकाले रोजेकी थिएँ,’ उनी भन्छिन्, ‘ उस्तैै उस्तै कामले आफूलाई पनि मनोटोनस हुँदोरहेछ । राम्रो र फरक काम खोज्दा फिल्मको संख्या कम भयो ।’
ल्म हिट भयो भए कलाकारलाई काम बढ्छ भन्ने मान्यता फिल्म क्षेत्रमा छ । वर्षाको हकमा भने यो लागु भएन । गत वर्ष ‘परदेशी २’ हिट भएको थियो । त्यसको एक वर्षपछि मात्रै उनी अभिनीत फिल्मको प्रदर्शन हुँदै छ ।
‘म अलिअलि चुँजी भएकी छु । लामो समय भयो, फिल्म क्षेत्रमा । अब काम गर्दा केही फरक पनि गर्नुपर्छ । मोदीबेनीको विषयवस्तु फरक भएकाले रोजेकी थिएँ,’ उनी भन्छिन्, ‘ उस्तैै उस्तै कामले आफूलाई पनि मनोटोनस हुँदोरहेछ । राम्रो र फरक काम खोज्दा फिल्मको संख्या कम भयो ।’
फिल्म ‘मोदीबेनी’मा वर्षा र नवअभिनेता अमरप्रताप श्रेष्ठ जोडी बनेका छन् । थियटरबाट आएका अमर प्रतापसँग काम गर्न सहज भएको वर्षा बताउँछिन् । ‘अमरसँग फेरि पनि काम गर्ने चाहना छ,’ उनले भनिन् ।
फिल्म कथाले चल्छ
पहिले स्टारका कारण समेत फिल्म चल्थे । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा यही बहस हुन थालेको छ— फिल्म स्टारले चल्छ कि कन्टेन्टले ?
वर्षाको अनुभवमा अहिले दर्शकले स्टारभन्दा कन्टेन्ट खोज्छन् । ‘अहिले दर्शक कन्टेन्टका लागि पनि हल जान्छन्,’ उनी भन्छिन्, ‘अहिले विषयवस्तु राम्रो भयो भने त्यसले स्टार जन्माउँछ । फिल्म टिमवर्क हो । यसमा सबैको काम महत्त्वपूर्ण हुन्छ ।’
फिल्ममा चरित्रको कुरा गर्दा अब आफूलाई कसैको बायोग्राफीमा आधारित फिल्म खेल्ने मन भएको उनी बताउँछिन् ।
पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा थियटरबाट आएका कलाकारको संख्या सानो छैन । दिया मास्के, मल्लिका महत लगायत थुप्रै अभिनेत्रीले थियटरमा समेत काम गरिरहेका छन् । वर्षालाई पनि थियटरमा काम गर्ने इच्छा छ । तर बढी समय दिनुपर्ने भएकाले थियटरमा काम गर्न पाएकी छैनन् ।
अभिनयबाहेक प्रोडक्सन र निर्देशनमा पनि वर्षाको रुचि छ । अभिनयमा अब पुग्यो भन्ने आफूलाई लागेपछि प्रोडक्सन र निर्देशन होमिने उनी बताउँछिन् ।
अध्ययनमा समेत रुचि राख्ने वर्षा भन्छिन्, ‘मलाई उपन्यास मन पर्छ । मेरो फुर्सदको साथी किताब हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवास्थित एकीकृत भन्सार जाँच चौकीको भौतिक प्रगति ५४ प्रतिशत
-
यसरी भयो ६५८ लिटर डिजेल चोरी
-
सिद्धार्थ बैंकद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण
-
डेंगुबाट जोगिन घरसँगै कार्यालय वरिपरि पानी जम्न नदिउँ
-
भोलिको पुस्ता सम्झिएर वातावरण संरक्षणमा लागौँ : परराष्ट्रमन्त्री राणा
-
याेगी र बिसीले सहयात्रामा ल्याए 'साहिँला दाइ'