पेरिस ओलम्पिक : एउटै टोलीका सबै खेलाडी अर्बपति !
काठमाडौँ । गृष्मकालीन ओलम्पिक खेलकुदको ३३औँ संस्करणमा पेरिसमा जारी छ । पेरिस ओलम्पिकमा विश्वभरका करिब १० हजार पाँच सयभन्दा बढी खेलाडी सहभागी छन् । यी खेलाडी विभिन्न भूगोल, रहन–सहन, संस्कृति र परिवेशबाट आफ्नो उत्कृष्टता सिद्ध गर्न पेरिस पुगेका हुन् ।
आर्थिक रूपमा पनि कुनै खेलाडी अति सम्पन्न छन् भने केही खेलाडीको आर्थिक अवस्था निकै कमजोर छ । तपाईँलाई आश्चर्य लाग्न सक्छ, पेरिस ओलम्पिकमा सहभागी एउटा टोलीका हरेक खेलाडी अर्बपति छन् ।
अमेरिकाको बास्केटबल टोलीमा रहेका सबै खेलाडी अर्बपति छन् । एनबीए विश्वकै सबैभन्दा बढी कमाइ गर्ने खेल हो । एनबीए लिग खेल्ने खेलाडीले निकै ठुलो कमाइ गर्छन् । पेरिस ओलम्पिकमा अमेरिकी बास्केटबल टोलीको नेतृत्व लेबरोन जेम्सले गरिरहेका छन् ।
लेबरोन जेम्स हरेक वर्ष एनबीएबाट कराडौँ अमेरिकी डलर कमाउँछन् । सन् २०२२ मै लेबरोन जेम्सको कुल सम्पत्ति एक अर्ब अमेरिकी डलर रहेको थियो । ओलम्पिक खेल्ने अमेरिकी बास्केटबल टोलीको सबैभन्दा युवा खेलाडी एन्थोनी एडवर्डस हुन् ।
केवल २२ वर्षको उमेरमा एन्थोनीको कुल सम्पत्ति चार करोड अमेरिकी डलरभन्दा पनि बढी छ । यसलाई नेपाली रुपैयाँमा परिवर्तन गर्दा उनको कुल सम्पत्ति पाँच अर्ब ३२ करोडको हाराहारीमा हुन आउँछ ।
यसैगरी, केभिन डुरन्ट पनि विश्वकै धनी खेलाडीमध्ये एक हुन् । उनी पनि अमेरिकी बास्केटबल टोलीका सदस्य हुन् । उनको कुल सम्पत्ति करिब पाँच हजार करोड रुपैयाँ बराबर छ । अमेरिकी बास्केटबल टोलीका अर्का खेलाडी स्टेफन करी पनि अर्बपति हुन् ।
सन् १९३६ देखि बास्केटबललाई ओलम्पिकमा समावेश गरिएको हो । त्यसयता अमेरिकाले १६ पटक स्वर्ण पदक जितिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण