दारी ग्याङले फुटसल प्रतियोगिता आयोजना गर्ने
काठमाडौंँ । सामाजिक सञ्जालमा चर्चित शिक्षित युवाहरुको समूह दारी ग्याङले आफ्नो फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । दारी ग्याङले प्रतियोगितामा सहभागिताका लागि टोली दर्ताको प्रक्रिया पनि अगाडि बढाएको छ ।
प्रतियोगिता आगामी भदौ १४ र १५ गते आयोजना हुने बताइएको छ । प्रतियोगितामा देशभरीका ३२ टोलीले सहभागिता जनाउने छन् । प्रतियोगिता लिग कप नकआउटका आधरमा खेलाइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको यो पहिलो संकरण हो । प्रतियोगीताको बिजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उप–बिजेताले ३० हजार रुपैयाँ पुरस्कार हात पार्ने जानकारी आयोजक दारी ग्याङका सक्रिय सदस्य एवं दारी ग्याङ फुटसल ब्यबस्थापन समिती सदस्य निरोज कुमार भट्टराईले दिए ।
‘परोपकारको लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए । प्रतियोगितापछि बचत भएको रकम सामाजिक कार्यमा खर्च गरिने जानकारी दारी ग्याङका केन्द्रीय सदस्य महेश्वर घिमिरेले दिए । दारी ग्याङ नेपाली सामाजिक सञ्जालमा सक्रिय युवाहरुको समूह हो । यो समुहले विगतमा पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण