एमाले परराष्ट्र विभागको प्रमुखमा महासेठ, संसदीय विभाग योगेशलाई, यस्तो छ ३५५ नेताको जिम्मेवारी
काठमाडौँ । नेकपा (एमाले)ले परराष्ट्र मामिला विभागको प्रमुखको जिम्मेवारी सचिव रघुवीर महासेठलाई दिएको छ । बिहीबार बसेको सचिवालय बैठकले महासेठलाई उक्त विभागको जिम्मेवारी तोकेको हो ।
यसअघि परराष्ट्र विभागको प्रमुखमा राजन भट्टराई थिए । स्थायी कमिटी सदस्य भट्टराईले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् । यस्तै नेताहरूको जिम्मेवारी हेरफेर गर्दा स्कुल विभाग प्रमुखमा उपमहासचिव प्रदीप ज्ञवाली, प्रचार विभाग प्रमुखमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, संगठन विभाग प्रमुखमा काशीनाथ अधिकारीले नै निरन्तरता पाएका छन् । यस्तै सचिव योगेश भट्टराईले संसदीय विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
यसअघि भट्टराई मधेस प्रदेश इन्चार्जको जिम्मेवारीमा थिए । संसदीय विभाग प्रमुखमा यसअघि उपमहासचिव पृथ्बीसुब्बा गुरुङ थिए ।
नयाँ जिम्मेवारी पाएलगत्तै भट्टराईले आफूले संसदीय फाँटमा प्रभावकारी जिम्मेवारी निभाउने सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । “आज बसेको नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले गरेको कार्यविभाजनअनुसार मलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ । संसदीय क्षेत्रमा रहेका कमरेडहरूको क्षमता अभिवृद्धि तथा संसदीय फाँटमा पार्टीको प्रभावकारी भूमिका र जनअपेक्षालाई सम्बोधन गर्न विभागले गर्ने कामका बारेमा यहाँहरूको सुझाव तथा सल्लाहका लागि हार्दिक अनुरोध गर्दछु, उनले भनेका छन् ।
यस्तै एमालेले जिल्ला तथा निर्वाचन क्षेत्रको जिम्मेवारी पनि नेताहरूलाई तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण