यी हुन् एमालेका ७७ वटै जिल्लाका इन्चार्ज
काठमाडौँ । नेकपा एमालेले ७७ वटै जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्य विभाजन, केन्द्रीय कमिटीमा मनोनयन, प्रदेश र जिल्ला इन्चार्ज तोकेको हो ।
जिम्मेवारी अनुसार पोलिटब्युरो सदस्य देवीप्रसाद ज्ञवाली चितवन जिल्ला इन्चार्ज बनेका छन् । काठमाडौँको जिम्मेवारी आनन्दप्रसाद पोखरेलले पाएका छन् ।
पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटाले काभ्रेपलाञ्चोक, भक्तपुर महेश बस्नेत, ज्वालाकुमारी साहलाई बारा, विशाल भट्टराईलाई खोटाङ पाएका छन् ।
त्यसैगरी गणेशसिंह ठगुन्नालाई दार्चुला, ठाकुरप्रसाद गैरेलाई पाल्पा, जुलीकुमारी महतोलाई धनुषा, निरुदेवी पाललाई कञ्चनपुर, नरुलाल चौधरीलाई दाङ, सूर्य थापालाई प्युठान, पार्वत गुरुङलाई दोलखा जिल्ला इन्चार्जको जिम्मेवारी तोकिएको छ ।
अन्य पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यले पनि विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्र तथा क्षेत्रगत फाँटको इन्चार्ज, प्रमुख तथा संयोजकको जिम्मेवारी पाएका छन् ।
यस्तै एमालेले निर्वाचन क्षेत्रको जिम्मेवारी पनि नेताहरूलाई तोकेको छ ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण