छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँ, झापा, सुर्खेत र म्याग्दीमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो ।
काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगरस्थित सडकमा बागमती प्रदेश ०२– ०२५ प ०६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मुगु
घर भएका २८ वर्षीय मन्दीप मल्लको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै झापाको हल्दिवारी गाउँपालिका–५ सोडागान्धी चोकस्थित सडकमा मे.१ ज ३२६१ नम्बरको पिकअप गाडीले मे.९ प. ९६८५ नम्बरको मोटरसाइकललाई बिहीबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
उनीहरूको नाम, थर, वतन नखुलेको प्रहरीको भनाई छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ भूकम्प मापन केन्द्र नजिकै सडकमा भे.६ प. ३९१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका– ७ ईत्राम बस्ने ३० वर्षीय दीपेश केसीको रहेका छन् ।
बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी म्याग्दीको रघुगंगा गाउँपालिका–७ गौँडामुनीस्थित सडकमा ग.१ त. ७२४१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट ३० मिटर तल खस्दा एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टरका सहचालक रामेछाप मन्थली नगरपालिका–१३ घर भएका ३९ वर्षीय तेज बहादुर पाण्डे रहेका छन् । बिहीबार बेलुकी भएको सो दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण