सुरु भयो किताब जात्राको छैटौँ संस्करण
काठमाडौँ । किताब जात्रा २०८१ को छैटौँ संस्करण आजदेखि सुरु भएको छ । दुई दिनसम्म चल्ने महोत्सवको उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गरेका हुन् ।
आर्मी अफिर्सस क्लब सुन्धारामा सुरु भएको महोत्सवमा कला, साहित्य, संस्कृतिका विभिन्न आयामहरूबारे छलफल हुने आयोजकले जनाएको छ ।
महोत्सवको पहिलो दिन दीपक सापकोटाको मध्यस्थतामा लेखकहरू अमर न्यौपाने, राधा पौडेल र विवेक ओझासँग सिर्जनामा सामाजिक चेतना: हिजो र आज नामको छलफल हुँदैछ ।
त्यस्तै, फिल्म निर्देशक मनोज पण्डितको मध्यस्थतामा दीपेन्द्र गौचन, प्रदीप भट्टराई र क्रृचा शर्मासँग सिनेमा मन्थनः नेपाली सिनेमाको सपना शीर्षकमा छलफल हुने आयोजकको भनाई छ ।
विप्लव प्रतीकको साथमा कविता साँझको पनि आयोजना हुँदैछ । त्यस्तै ओपन माइक सेसन अन्तर्गत महोत्सवमा सहभागीहरूले पनि आफ्नो सिर्जना सुनाउन सक्नेछन् ।
महोत्सवको दोस्रो तथा अन्तिम दिन स्टाटिङ अप विथ स्टार्ट अप्स् शीर्षकको प्यानल डिस्कसन हुनेछ । त्यस्तै, नेपाली साहित्यमा समीक्षकको उपस्थिति, मुलधारबाट सधैँ उपेक्षामा कला, हास्य विधा: शक्ति र चुनौती, सञ्चारका सारथि लगायतका विषयमा छलफल हुनेछ ।
दर्जनभन्दा बढी किताबका स्टलसँगै कलाका अन्य स्टलहरुले महोत्सवलाई आकर्षक बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण