खलीले खोले बिग बोसको पोल
मुम्बई । विवादित टिभी शो बिग बोसमा पटक पटक ‘स्क्रिप्टेड’ (पहिले नै कथा तयार) भएको आरोप लाग्ने गरेको छ । धेरै पूर्व प्रतियोगीहरूले शो पहिले नै स्क्रिप्ट गरिएको दाबी गरेका छन्।
अब यो सूचीमा ‘द ग्रेट खली’को नाम पनि परेको छ । बिग बोसबारे खुलासा गर्दै उनले यो शोको स्क्रिप्ट पहिल्यै लेखिने बताएका हुन् ।
सरदारको टेक नामको पोडकास्टमा खलीले बिग बोसको बारेमा भने, 'सबै शोहरू स्क्रिप्टेड छन्। यो शोको स्क्रिप्ट पनि छ । शोमा आएपछि के गर्ने भनेर सबैले बताउँछन्। म भन्छु सारा संसार स्क्रिप्टेड छ। आजकल विवाह पनि स्क्रिप्टेड छ।’ डब्ल्यूडब्ल्यूईको बारेमा सोध्दा खलीले यसको स्क्रिप्ट पनि पहिले नै तय गरिने बताए ।
रेस्लर ‘द ग्रेट खली’ वाइल्ड कार्डमार्फत बिग बोस सिजन ४ मा प्रवेश गरेका थिए । यो सिजन सन् २०१० मा प्रसारण भएको थियो।
शोका बाँकी तीन प्रतियोगीसँगै उनी पनि शोको अन्तिम सातासम्म पुगेका थिए । उनी उक्त सिजन उपविजेता बनेका थिए ।
बिग बोसको घरबाट बाहिरिएपछि खलीले शोको बारेमा यसअघि पनि धेरै खुलासा गरेका थिए । उनले एक अन्तर्वार्तामा बिग बोसमा प्रतियोगीहरूले गर्ने कामहरू योजनाबद्ध हुने र जनतालाई देखाउन र टीआरपी बढाउन, यो सबै लाइभ गरिने बताएका थिए। उनका अनुसार शोमा हुने सबै कुरा स्क्रिप्टेड हुन्छ जसमा प्रतियोगीहरूले अभिनय गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण