मकवानपुरको सिस्नेरीमा सुमो पल्टिँदा १० जना घाइते
शनिबार, १९ साउन २०८१, ०९ : १३
मकवानपुर । मकवानपुरको सिस्नेरीमा सुमो पल्टिँदा १० जना घाइते भएका छन् । हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी–सिस्नेरी काठमाडौँ सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा अनियन्त्रित भइ सुमो पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार बिहान ७ः२० बजेको समयमा जिल्ला मकवानपुर सो स्थानमा काठमाडौँबाट वीरगन्ज तर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफै अनियन्त्रित भई सडकको नाला साईडमा पल्टिएको प्रहरीले जनाएको छ ।
सुमो पल्टिदा सुमोमा सवार चालक सहित १० जना घाइते भएका छन् । घाइते मध्ये ३ जना गम्भीर र ७ जनाको अवस्था मध्यम रहेको छ । उनीहरूलाई उपचारको लागी काठमाडौँ तर्फ पठाएको छ । प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी सिस्नेबाट २ किलोमिटर उत्तरतर्फ पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण