सना बनिन् बिग बोस ओटीटी ३ को विजेता
मुम्बई । मोडल तथा अभिनेत्री सना मकबुल ‘बिग बोस ओटीटी ३’ को विजेता बनेकी छिन् । शुक्रबार भएको ग्रान्ड फिनालेमा सानाले र्यापर नेजीलाई पराजित गरेकी हुन् । विजेताका रूपमा सानाले ट्रफी र २५ लाख रुपैयाँ हात पारिन् ।
ट्रफी जितेपछि साना भावुक बनेकी थिइन् । उनले त्यहाँ उपस्थित आमालाई अँगालो हालिन् । सनाकी बहिनी र कथित प्रेमी श्रीकान्त बुरेड्डी पनि उनलाई समर्थन गर्न सेटमा उपस्थित थिए।
र्यापर नेजी फर्स्ट र रणवीर शोरी यस सिजनका सेकेन्ड रनरअप बने। कृतिका मलिक र साई केतन राव पहिले नै शीर्ष ५ बाट बाहिर भएका थिए ।
इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा सानाले भनिन्, ‘म शोको पहिलो दिनदेखि नै ट्रफी जित्न चाहन्थेँ र निरन्तर प्रयासरत थिएँ । आज जब मैले यो जितेको छु, म धेरै आभारी छु । धेरैले मेरो बारे टिप्पणी गरिरहे तर आज मैले यो ट्रफी जितेर सबैलाई जवाफ दिएको छु ।’
सना तीन कारणले शोमा चर्चामा रहिन् । र्यापर नेजीसँगको उनको सामीप्य, रणवीर शोरेसँगको उनको रमाइलो सम्बन्ध र युट्युबर शिवानी कुमारीसँगको उनको बहस ।
सना बिग बोस ओटीटीमा आउनुअघि 'खतरों के खिलाडी ११' को प्रतियोगी पनि थिइन् । सनाले 'कितनी मोहब्बत है २' र 'इस प्यार को क्या नाम दूँ' जस्ता टिभीमा धेरै शो गरिसकेकी छन्।
उनले सन् २०१४ मा तेलुगु फिल्म 'डिक्कुलु चुडाकु रमैया' बाट साउथ डेब्यू गरेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण