सोमालियाको समुद्र तटमा गरिएको आक्रमणमा ३२ जनाको मृत्यु
शनिबार, १९ साउन २०८१, १४ : २५
मोगादिसु । सोमालियाको राजधानीको एक लोकप्रिय समुद्र तटीय स्थानमा शनिबार भएको आत्मघाती बम आक्रमण र बन्दुकधारीले गरेको गोलाबारीमा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरी प्रवक्ताले बताएका छन् ।
अबिफाताह अदान हसनले करिब ६३ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको बताए । भिडियो फुटेजमा मोगादिसुको अब्दियाजिज जिल्लामा धेरै शव र घाइते व्यक्तिहरू देखाइएको छ।
दक्षिणी र मध्य सोमालियाको ठुलो भूभाग नियन्त्रण गर्ने अल-शबाब लडाकूहरूले सो आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यो समूह अल-कायदासँग आबद्ध छ र सोमालियामा संयुक्त राष्ट्र समर्थित सरकारको विरुद्ध लगभग २० वर्षदेखि क्रूर विद्रोह गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण