‘पठन संस्कृति बढ्दै गएको छ’
काठमाडौँ । किताब यात्रा फाउन्डेसनले आयोजना गरेको ‘किताब जात्रा’ शनिबार सकिँदैछ । ‘किताब जात्रा’ को छैटौँ संस्करण सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शुक्रबारदेखि सुरु भएको थियो ।
जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कलालगायत क्षेत्रका समसामयिक विमर्श सञ्चालन भएको छ । उक्त पुस्तक मेलामा पुस्तक स्टल राखेर बसेका लेखक मनिश्री धितालले प्रविधिको समयमा पनि किताबहरू पढ्ने धेरै मानिस रहेको बताए ।
उनले भने, ‘अहिले प्रविधिको समयमा यस्तो किताबहरूको केही अर्थ होला की नहोला भन्ने पनि छ । तर हाम्रो पुस्ता अझै पनि किताबहरूमा व्यस्त हुनसक्छ ।’
यस्तै, पुस्तक किन्न आउने अशोक कुमार पाठकले पनि पुस्तक पढ्नुको अनुभव छुट्टै भएको भन्दै पुस्तक पढ्दा समाजमा गहिरो अध्ययन, चिन्तन, कल्पना गर्ने संस्कृतिको विकास हुने बताए ।
उनले भने, ‘किताब पढ्ने संस्कृति घटेको छैन । साहित्यका चलनचल्तीका किताबहरू पनि पढ्ने गरेका छन् । पुस्तक पढ्नुको अनुभव छुट्टै हुन्छ । समाजमा गहिरो अध्ययन, चिन्तन, कल्पना गर्ने र अन्तरक्रिया गर्ने संस्कृति बसायो भने लोकतन्त्र र सबैको विचारलाई सम्मान गर्न सक्छौ ।’
किताब जात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिएको छ ।
सर्लाहीका शिक्षासेवी स्व.प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान हरेक वर्ष नेपाली साहित्य र वाङ्मयमा विशिष्ट योगदान दिने स्रष्टालाई प्रदान गरिन्छ । गत वर्ष साहित्यकार ध्रुवचन्द्र गौतमलाई उक्त सम्मान प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण