लालबन्दीमा बेपत्ता पुरुष मृत फेला

बरहथवा । सर्लाहीको लालबन्दी नगरपालिकास्थित साझेदारी वन क्षेत्रमा बेपत्ता एक पुरुष मृत फेला परेका छन् । आज लालबन्दी नगरपालिका–७, स्थित घिसिङ टोल बस्ने ६१ वर्षीय खिलराज खड्का वनमा मृत फेला परेका हुन् ।
शुक्रबार घाँस लिन भनेर साइकल लिएर हिँडेका उनी अबेरसम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई खोजतलासका लागि राति अबेर खबर गरेका थिए । खोजीकै क्रममा लालबन्दी नगरपालिका–८ स्थित साझेदारी वन मा आज खड्कालाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
प्रहरीले शव नजिकै घाँस बाँधेको साइकल, झोलामा पोको पारेको घाँस काट्ने कचिया, खुकुरी र पानी खाने बोतल फेला पारेको छ । खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
शव शवपरीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको र घटनाको सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमत पार्टीले मधेस सरकारका दुई मन्त्री फेरबदल गर्दै
-
दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति
-
म्यानचेस्टर युनाइटेडले बर्खास्त गरे क्षतिपूर्ति दाबी गर्दिनँ : प्रशिक्षक रुबेन
-
सगरमाथा आरोही छत्यालको बढुवा, दर्ज्यानी चिन्ह प्रदान
-
जापान एयरलाइन्सको नेपालमा उडान सुरु गर्न जापानका परराष्ट्रमन्त्रीसँग आग्रह
-
सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग