मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल उच्च बनाएको छ : गभर्नर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले परिवर्तन गरेका व्यवस्थाले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताएका छन् । आइतबार लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एसोसिएसन (अडान)को १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
गभर्नर अधिकारीले मौद्रिक नीतिको असरले उद्योगी व्यवसायी, बैंकर्स र सर्वसाधारणको गिरेको मानसिकता र मनोबल उठेको पाएको धारणा राखे । उनले मौद्रिक नीतिले गरेको लचिलो नीतिगत व्यवस्थाले उठेको मनोबललाई निरन्तर लैजान आवश्यक रहेको बताए । उनले गिरेको मनोबल उच्च बनाउन निजी क्षेत्र, सरकारका सम्बन्ध निकायहरूको महत्त्वपूर्ण भूमिका रहने बताए ।
गभर्नर अधिकारीले मौद्रिक नीतिका व्यवस्थाहरू सबै आफैँले काम नगर्ने भन्दै सबैको दायित्व रहेको उल्लेख गरे । उनले यो वर्षको मौद्रिक नीति राष्ट्र बैंकले अन्तर्राष्ट्रिय परिवेश र आन्तरिक अवस्था सबैलाई केलाएर ल्याएको बताए । उनले चालु आर्थिक वर्षको मौद्रिक नीति गत वर्षको भन्दा लचिलो भएको भन्दै त्यसले बजारमा पार्ने असरका विषयमा राष्ट्र बैंक सर्तक रहेको बताए ।
गभर्नर अधिकारीले मौद्रिक नीतिले बजारलाई चलायमान बनाउनको लागि उद्योगी व्यवसायीहरूको मनोबल उच्च बनाएको भन्दै राज्यका सम्बन्ध निकायहरूले नीति अनुरूप कार्यान्वयन गर्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण