कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । त्यसका लागि उनले शनिबार नै प्रदेश सभामा पत्र दर्ता गराइसकेका छन् ।
कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनेछन् । कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो । पहिलोपटक उनले गत वैशाख १३ गते विश्वासको मत लिएका थिए । त्यो बेला उनलाई नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले मत दिएको थियो ।
साउन १७ मा केन्द्रमा बदलिएको सत्ता समीकरणसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कँडेलले पुनः विश्वासको मत लिन लागेका हुन् । अहिले यहाँ एमाले–कांग्रेसबिच सत्ता समीकरण बनेको छ । आइतबार मात्रै नेपाली कांग्रेस सरकारमा सहभागी बनेको छ ।
४० सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित १० र कांग्रेसको १५ सांसद रहेका छन् । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा रहेसँगै १४ जना सांसदले मुख्यमन्त्रीलाई मत दिनेछन् । यस्तै यहाँ एकीकृत समाजवादी र राप्रपाको १/१ सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण