प्रभु बैंकको नाफा १५ सय प्रतिशतले वृद्धि

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा प्रभु बैंकले आक्रामक नाफा वृद्धि गरेको छ । अघिल्लो वर्ष जम्मा २८ करोड २ लाख रुपैयाँ मात्र नाफा कमाएको बैंकले पछिल्लो वर्ष एकैपटक ४ अर्ब ४८ करोड रुपैयाँ माथि नाफा कमाउन सफल भएको हो । यो १४९९.०४ प्रतिशतको वृद्धि हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशतले बढेर १२ अर्ब २ करोड २५ लाख रुपैयाँ नाघेको छ । बैंकको सञ्चालन नाफा पनि ३५४.६२ प्रतिशतले बढेर ७ अर्ब ५ करोड रुपैयाँ नाघेको रिपोर्टमा जनाएको छ । गत वर्ष बैंकले १ अर्ब ५५ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
खासगरी समीक्षा वर्षमा बैंकको इम्पेयरमेन्ट चार्ज घट्न पुग्दा नाफामा उल्लेखनीय वृद्धि आएको हो । अघिल्लो वर्ष ५ अर्ब २१ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष घटेर ५५ करोड ६८ लाख रुपैयाँमा झरेको छ । यस्तै, खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढ्दै गर्दा बैंकको नाफामा वृद्धि भएको हो ।
हाल प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड बढी पुगेको छ । रिजर्भ कोषमा ११ अर्ब ६६ करोड रुपैयाँ नाघेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ११ पैसाले बढेर १९ रुपैयाँ ३ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७६ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् कोषमा चार अर्ब ६५ करोड भन्दा बढी मौज्दात
-
सहमतिबाटै अध्यक्ष टुङ्ग्याउन वाईसीएलका नेताहरू खुमलटारमा
-
१६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेसको लगातार दोस्रो जित
-
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ सकियो
-
विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन समुदाय परिचालन जरुरी : मुख्यमन्त्री आचार्य
-
ललितपुरमा बाटो चौडा बनाउने क्रममा पोलले लागेर एक जनाको मृत्यु, ठैब क्षेत्र तनाग्रस्त