प्रभु बैंकको नाफा १५ सय प्रतिशतले वृद्धि
काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा प्रभु बैंकले आक्रामक नाफा वृद्धि गरेको छ । अघिल्लो वर्ष जम्मा २८ करोड २ लाख रुपैयाँ मात्र नाफा कमाएको बैंकले पछिल्लो वर्ष एकैपटक ४ अर्ब ४८ करोड रुपैयाँ माथि नाफा कमाउन सफल भएको हो । यो १४९९.०४ प्रतिशतको वृद्धि हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशतले बढेर १२ अर्ब २ करोड २५ लाख रुपैयाँ नाघेको छ । बैंकको सञ्चालन नाफा पनि ३५४.६२ प्रतिशतले बढेर ७ अर्ब ५ करोड रुपैयाँ नाघेको रिपोर्टमा जनाएको छ । गत वर्ष बैंकले १ अर्ब ५५ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
खासगरी समीक्षा वर्षमा बैंकको इम्पेयरमेन्ट चार्ज घट्न पुग्दा नाफामा उल्लेखनीय वृद्धि आएको हो । अघिल्लो वर्ष ५ अर्ब २१ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष घटेर ५५ करोड ६८ लाख रुपैयाँमा झरेको छ । यस्तै, खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढ्दै गर्दा बैंकको नाफामा वृद्धि भएको हो ।
हाल प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड बढी पुगेको छ । रिजर्भ कोषमा ११ अर्ब ६६ करोड रुपैयाँ नाघेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ११ पैसाले बढेर १९ रुपैयाँ ३ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७६ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण