विदेशमा बसेर फेसबुक ह्याक गरी ब्ल्याकमेल गर्ने नेपाल फर्केपछि पक्राउ
काठमाडौँ । विदेशमा बसेर महिलाको फेसबुक ह्याक गरी ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर १ स्थायी घर भएका ३५ वर्षीय सन्दीप थापा मगर रहेका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेका मगरले पीडित महिलाको फेसबुक ह्याक गरी उक्त म्यासेन्जरमा पीडित र पीडितको श्रीमान् बिच भएका कुराकानी लगायतका गतिविधि सङ्कलन तथा सेभ गरेका थिए । त्यसपछि फेक अकाउन्ट बनाई उक्त अकाउन्टबाट पीडितका आफन्तलाई पठाएर ब्ल्याकमेल गरी मानसिक तनाव, दुःख हैरानी दिने गरेका थिए ।
समाजमा बदनाम बेइज्जत गरी चरित्र हत्या हुने कार्य गरेको सम्बन्धमा पीडित महिलाले साइबर ब्युरोमा निवेदन दिएकी थिइन् । ब्युरोले प्राविधिक अनुसन्धान र विश्लेषण पश्चात् उक्त कार्य मगरले गरेको खुलेको खुलेको प्रहरी उपरीक्षक दीपक राज अवस्थीले जानकारी दिए । मगर स्वदेश (नेपाल) फर्कने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको सहकार्यमा ब्युरोको टोलीले पक्राउ गर्न सफल भएको थियो ।
उपरीक्षक अवस्थीका अनुसार उनलाई अदालती कारबाहीका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ । उनीमाथि विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी प्रहरी अनुसन्धान पश्चात् सजायको मागदाबीसहित अदालतमा मिसिल पेस भइसकेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण