बेलायतमा हिंसात्मक प्रदर्शन जारी, हालसम्म ४०० जना पक्राउ
मङ्गलबार, २२ साउन २०८१, १० : २४
लन्डन । बेलायतमा गत साता सुरु भएको हिंसात्मक प्रदर्शनमा अहिलेसम्म झन्डै ४०० जना पक्राउ परेका छन् । राष्ट्रिय प्रहरी प्रमुख काउन्सिलले यस्ता गिरफ्तारी दिनानुदिन बढ्न सक्ने बताएको छ । यसअघि प्रधानमन्त्री कीर स्टार्मरले स्थिति नियन्त्रणमा लिन विशेषज्ञ प्रहरी अधिकारीहरूको टोली तैनाथ गरिएको बताएका थिए ।
हिंसात्मक प्रदर्शनका क्रममा धेरै प्रहरी अधिकारीहरू घाइते भएको प्लाइमाउथमा प्रहरीले भनेका छन् । बेलायतको साउथपोर्टमा चर्चित गायिका टेलर स्विफ्टको थिममा आयोजित डान्स क्लासमा छुरा प्रहारबाट तीन बालिकाको मृत्यु भएपछि कयौँ सहरमा हिंसात्मक प्रदर्शन भइरहेका छन् ।
यी प्रदर्शनमा कैयौँ प्रहरी घाइते भएका छन् । यस प्रदर्शनका क्रममा धेरै ठाउँमा अति दक्षिणपन्थी, आप्रवासी विरोधी र आप्रवासी समर्थक समूह आमनेसामने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण