सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । सिरहा, सप्तरी र बारा जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
सिरहा, लहान नगरपालिका-३ हुलाक कार्यालयस्थित सडकमा मधेस प्रदेश ०१-००१ ख ०४४९ नम्बरको ट्रकले स. ८ प ९२२३ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालक धनगढीमाई नगरपालिका-१० बस्ने ५१ वर्षीय उत्तम ढकालको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, शम्भुनाथ नगरपालिका-१० जमुवास्थित सडकमा स.२ प १७१८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने पशुपति कान्त मण्डलको छोरा १८ वर्षीय ध्रुव मण्डलको सोमबार राति मृत्यु भएको छ । आफ्नै घर अगाडी बसिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-४ औराहा चोकस्थित सडकमा बा.२० च ८७४२ नम्बरको स्कारपियोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८५ वर्षीय विष्णु बहादुर खड्काको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ईभरग्रिन तराई हस्पिटल सिमरा हुँदै बयोधा अस्पताल वीरगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण