महिला टी–२० विश्वकप अन्योलमा, भारत वा श्रीलङ्कामा सारिन सक्ने
काठमाडौँ । बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाका कारण यसै वर्ष आयोजना हुने भनिएको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट पनि अन्योलमा परेको छ ।
आईसीसी महिला टी–२० विश्वकप आगामी अक्टोबर ३ देखि २० तारिखसम्म बङ्गलादेशमा आयोजना हुने तय भएको छ । बङ्गलादेशले प्रतियोगिताको तयारी पनि अन्तिम चरणमा पुर्याएको छ ।
तर, पछिल्लो राजनीतिक घटनाक्रमका कारण प्रतियोगिता अन्योलमा परेको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउसिन्ल (आईसीसी)ले पनि बङ्गलादेशको अवस्थालाई नजिकबाट नियालिरहेको बताएको छ ।
बङ्गलादेशमा आरक्षणको विरोधमा युवा तथा विद्यार्थीले सुरु गरेको आन्दोलन चरममा पुगेको छ । आन्दोलन हिंसक बन्दै गएपछि प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिइसकेकी छन् ।
पदबाट राजीनामा दिएलगत्तै उनी सोमबार देश छोडेर भारत पुगेकी छन् । बङ्गलादेशी क्रिकेट टोलीका पूर्वकप्तान मशरफे बिन मोर्तजाको घरमा पनि आगजनी गरिएको छ ।
आईसीसी स्रोतका अनुसार, सुरक्षाका कारण अवस्था प्रतिकुल देखिए महिला टी–२० विश्वकप अन्यत्र सारिन सक्छ । यसका लागि आईसीसीले तीनवटा राष्ट्रलाई विकल्पका रूपमा अघि सारेको छ ।
बङ्गलादेशमा सम्भव नभए प्रतियोगिता भारत, श्रीलङ्का र संयुक्त अरब इमिरेट्स (यूएई)मध्ये एक राष्ट्रमा सारिने आईसीसी स्रोतले जनाएको छ । त्यसमध्ये पनि भारतको अवस्था बलियो रहेको बताइएको छ ।
‘अन्य स्थानमा पूर्वाधार तयार पार्नका लागि समय अपुग हुनसक्छ । त्यसैले बङ्गलादेशमा सम्भव नभए महिला विश्वकप भारतमा सारिन सक्ने बलियो सम्भावना रहेको बताइएको छ ।
भारतसँगै श्रीलङ्काले पनि सीमित समयमा प्रतियोगिता आयोजना गर्न सक्छ । तर, श्रीलङ्कामा अक्टोबर महिनामा वर्षा बढी हुन्छ । त्यसैले पनि भारतलाई भरपर्दो विकल्पका रूपमा हेरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण