मलाई धन आर्जन गर्नु छैन, चित्रगुप्तको अगाडि पनि जवाफ दिन तयार छु : ओली

काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धन आर्जन गर्न कुनै लालच नभएको बताएका छन् । आफूले जिन्दगीमा कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी गर्दै ओलीले भ्रष्टाचार नसहेको पनि बताए ।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भ्रष्टाचारबारे कुरा उठाएपछि ओलीले आफ्नो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुने कुरा भने बेग्लै भएको बताए ।
‘मैले जिन्दगीमा कहिले पनि भ्रष्टाचार गरिनँ । भ्रष्टाचार सहिनँ पनि । मेरो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो’, ओलीले भने, ‘राजनीतिक हिसाबले कसैले लाञ्छित गर्नका लागि हिलो छ्याप्नु बेग्लै कुरा हो ।’
उनले अगाडि भने, ‘म दावाका साथ भन्छु यो धर्तीको अदालतमा मात्रै होइन कि चित्रगुप्तको अगाडि पनि जवाफ दिन तयार छु । मलाई धन आर्जन गर्नु छैन । राज्यको सम्पत्ति, सार्वजनिक सम्पत्ति अपचलन गरेर त्यसलाई आफ्नो बनाउनु छैन । त्यो मेरो नैतिकताले पनि दिँदैन । त्यो मलाई आवश्यक पनि छैन ।’
उनले आफूले कुनै भ्रष्टाचार नगर्नेमा ढुक्क हुन पनि सांसदहरूलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत