हडतालमा उत्रियो बंगलादेशी प्रहरी, माग्यो आफ्नै सुरक्षा

ढाका । बंगलादेशको प्रहरी हडतालमा उत्रिएको छ । बंगलादेशको प्रहरी कर्मचारीको संगठनले हरेक प्रहरीको सुरक्षा सुनिश्चित नभएसम्म हडतालमै बस्ने बताएको हो ।
आफूहरूलाई प्रदर्शनकारीविरुद्ध गोली चलाउन बाध्य पारिएको पनि प्रहरी संगठन बांग्लादेश पुलिस सर्विस एसोसिएशन’ (बीपीएसए)ले भनेको छ । आफूहरूले नचाही नचाही प्रदर्शनकारीहरूमाथि गोली प्रहार गरेको बीपीएसएको भनाइ छ । सर्वसाधारणसामु प्रहरीलाई भिलेन बनाएको भन्दै बीपीएसएले अहिलेको स्थितिको जिम्मेवार अधिकारीहरूलाई ठहर्याएको छ ।
“देशले कानुन बनाउँछ अनि हामी केबल यसलाई लागू गर्छांै । हामीले त आफ्नो वरिष्ठ अधिकारीहरूका आदेशको पालना मात्रै गरेका हौँ, चाहे त्यो आदेश कानुनी होस् या गैरकानूनी,’ बीपीएसएले आफ्नो विज्ञप्तिमा भनेको छ । सोमबार शेखÞ हसीना राजीनामा दिएपछि देशभरमा ४ सयभन्दा बढी प्रहरी थानामा हमला भएको बताइएको छ । बंगलादेशमा अहिले जारी विरोध प्रदर्शनमा कयौँ प्रहरी मारिएका छन् । निर्दोष विद्यार्थीविरुद्ध गरिएको कारवाहीका लागि बीपीएसएले विज्ञप्तिमा माफी पनि मागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश