हडतालमा उत्रियो बंगलादेशी प्रहरी, माग्यो आफ्नै सुरक्षा
ढाका । बंगलादेशको प्रहरी हडतालमा उत्रिएको छ । बंगलादेशको प्रहरी कर्मचारीको संगठनले हरेक प्रहरीको सुरक्षा सुनिश्चित नभएसम्म हडतालमै बस्ने बताएको हो ।
आफूहरूलाई प्रदर्शनकारीविरुद्ध गोली चलाउन बाध्य पारिएको पनि प्रहरी संगठन बांग्लादेश पुलिस सर्विस एसोसिएशन’ (बीपीएसए)ले भनेको छ । आफूहरूले नचाही नचाही प्रदर्शनकारीहरूमाथि गोली प्रहार गरेको बीपीएसएको भनाइ छ । सर्वसाधारणसामु प्रहरीलाई भिलेन बनाएको भन्दै बीपीएसएले अहिलेको स्थितिको जिम्मेवार अधिकारीहरूलाई ठहर्याएको छ ।
“देशले कानुन बनाउँछ अनि हामी केबल यसलाई लागू गर्छांै । हामीले त आफ्नो वरिष्ठ अधिकारीहरूका आदेशको पालना मात्रै गरेका हौँ, चाहे त्यो आदेश कानुनी होस् या गैरकानूनी,’ बीपीएसएले आफ्नो विज्ञप्तिमा भनेको छ । सोमबार शेखÞ हसीना राजीनामा दिएपछि देशभरमा ४ सयभन्दा बढी प्रहरी थानामा हमला भएको बताइएको छ । बंगलादेशमा अहिले जारी विरोध प्रदर्शनमा कयौँ प्रहरी मारिएका छन् । निर्दोष विद्यार्थीविरुद्ध गरिएको कारवाहीका लागि बीपीएसएले विज्ञप्तिमा माफी पनि मागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण