सत्कार सहकारीको सचिवसहित ३ जना पक्राउ
मङ्गलबार, २२ साउन २०८१, १९ : ५८
काठमाडौँ । काठमाडौँको सामाखुसीस्थित सत्कार बचत तथा ऋण सहकारीका सचिवसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएका सचिव गोबिन्द पुरी, रामेछाप घर भएका कोषाध्यक्ष महेश श्रेष्ठ र चावहिल शाखाका व्यवस्थापक तथा रामेछाप घर भएका ध्रुवराज कार्की छन् ।
सामाखुसीमा प्रधान कार्यालय रहेको सो सहकारीको न्यूरोड र चावहिलमा पनि शाखा कार्यालय छ । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनीहरुविरुद्ध प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण