बैंकिङ कसुरमा ४८ लाख रकम भराउने फैसला भएका प्रतिवादी पक्राउ
मङ्गलबार, २२ साउन २०८१, २१ : २७
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको भिमेश्वर घर भएर लाजिम्पाट बस्ने ५२ वर्षीय निरज श्रेष्ठ छन् ।
उनले २४ लाख पीडितलाई र २४ लाख जरिवाना असुल गर्नुपर्ने अदालतले ठहर गरेको छ । उच्च अदालत पाटनले उनलाई २०७८ कार्तिकमा क्षतिपूर्ति बापत पीडित राहत कोषमा ९६ हजार जम्मा गराउने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।
प्रतिवादीलाई न्यूरोडबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण