१ करोड ९७ लाख ठगेको आरोपमा युवक पक्राउ
मङ्गलबार, २२ साउन २०८१, २१ : ४०
काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा घर भएर ललितपुरस्थित इमाडोलमा बस्ने गुनेश कुमार ठाकुर छन् ।
३२ वर्षीय ठाकुरले १ करोड ९७ लाख ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । ठाकुरलाई इमाडोलबाट पक्राउ गरेर प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ । उनीविरुद्ध ८५ जनाले उजुरी दिएका छन् ।
ठाकुर यसअघि ८ वटा मुद्दामा फरार रहेको अपराध रेकर्डमा देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण