पेरिस ओलम्पिक : स्पेनलाई हराउँदै ब्राजिल फाइनलमा, अमेरिकासँग उपाधि भिडन्त
_h25wWKeQZ4.webp)
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको महिला फुटबलमा ब्राजिल र अमेरिकाबिच उपाधि भिडन्त हुने भएको छ । ब्राजिलले सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी स्पेनलाई ४–२ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
अमेरिका भने जर्मनीलाई अतिरिक्त समयमा १–० गोलले हराउँदै फाइनलमा पुगेको हो । खेल सुरु भएको छैटौँ मिनेटमै स्पेनकी इरेन परेडेसबाट आत्मघाति गोल भएपछि ब्राजिलले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा गाबी पोर्टिल्होले ब्राजिलको अग्रता दोब्बर बनाएकी थिइन् ।
निर्धारित समयको ७१औँ मिनेटमा ब्राजिलका लागि एड्रिनाले तेस्रो गोल थपेकी थिइन् । विश्व च्याम्पियन स्पेन प्रारम्भदेखि नै ब्राजिलको दबाबमा परेको थियो । ८५औँ मिनेटमा स्पेनकी लागि सलमा पाराल्लुएलोले पहिलो गोल फर्काएकी थिइन् ।
दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा ब्राजिलका लागि केरोलिनाले चौथो गोल थपेकी थिइन् । इन्जुरी समयको १२औँ मिनेटमा स्पेनका लागि सलमा पाराल्लुएलोले नै दोस्रो गोल गरेकी थिइन् । दोस्रो हाफको इन्जुरी समय १५ मिनेटसम्म चलेको थियो ।
स्पेनविरुद्धको खेलमा प्रभावशाली ब्राजिलियन खेलाडी मार्टा भने अनुपस्थित थिइन् । अघिल्लो खेलमा रातो कार्ड पाएका कारण उनले यो खेल गुमाएकी हुन् । तर, फाइनल खेलमा भने उनले सहभागिता जनाउने छिन् ।
ब्राजिलको महिला टोली यसअघि सन् २००४ र सन् २००८ को ओलम्पिक फुटबलमा अमेरिकासँगै पराजित भएको थियो । फाइनल खेल शनिबार खेलिने छ । त्यसअघि शुक्रबार जर्मनी र स्पेनबिच कांस्य पदकका लागि खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन ‘सजिलो’ होइन ‘सार्थक’ बनाउने होड
-
विपी राजमार्गमा लेदोसहितको पहिरो, आवतजावत ठप्प
-
स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु
-
जलनमा परेका विपन्न नागरिकको निःशुल्क उपचार गरिने
-
डेडिकेटेड र ट्रंकलाइन बक्यौता: पुनरवलोकनका लागि ४६ उद्योगले दिए निवेदन
-
कारागारमा कैदीबन्दीको मृत्यु प्रकरण : सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन