सेयर बजार
१४५ अंकको करेक्सनपछि बुधबार नेप्सेमा पुनः १०८ अंकको वृद्धि, कारोबार घट्यो
बुधबार, २३ साउन २०८१, १५ : १७
काठमाडौँ । मंगलबार १४५ अंकमाथिले घटेको सेयर बजारमा बुधबार पुनः १०८ अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १०८.३५ अंकले बढ्दै २७५९.६७ विन्दुमा उक्लिएको हो ।
तथापि, आज यता कारोबार भने घट्न पुगेको छ । नेप्सेका अनुसार आज १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँ बराबरको ३ करोड ८० लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । १४५ अंकले नेप्से बढेको अघिल्लो दिन हालसम्मकै उच्च २३ करोड माथिको कारोबार भएको थियो ।
आज १३ वटै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ७.६३ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक समेत आज ७.८९ प्रतिशतले बढेको छ । २३९ कम्पनीको सेयर मूल्य बढ्दा आज जम्मा ३ वटा कम्पनीको मात्र सेयर मूल्य घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण