‘जसलाई खुसी पार्न हसिनाले मलाई निकालिन् तिनैले उनलाई निकाले’
नयाँ दिल्ली । बंगलादेशमा जारी विरोध प्रदर्शनका बिचमा बंगलादेशी लेखिका र अभियन्ता तसलीमा नसरीनले पूर्वप्रधानमन्त्री शेख हसिनाको आलोचना गरेकी छिन् ।
माइक्रो ब्लगिङ वेबसाइट एक्समा तसलीमाले लेखेकी छिन्, ‘हसिनाले इस्लामी कट्टरपन्थीहरूलाई खुसी पार्न सन् १९९९ मा मलाई देशबाट बाहिर निकालिदिएकी थिइन् । मेरी आमा मृत्यु श्यामा हुँदा उनलाई हेर्न बंगलादेश गएकी थिएँ । तर मलाई देशभित्र छिर्न दिइएन । हसिनालाई देश छाड्न बाध्य पारिएको विद्यार्थी आन्दोलनमा पनि उनै इस्लामी कट्टरपन्थी सहभागी थिए ।’
बंगलादेशले प्रतिबन्ध लगाएपछि तसलीमा भारत आएर बस्न थालेकी थिइन् ।
अर्को पोष्टमा भने उनले आफ्नो अवस्थाको लागि हसिना स्वयं जिम्मेवार रहेको बताएकी छिन् । हसिनाले नै इस्लामी कट्टरपन्थीलाई फष्टाउने मौका दिएको र आफ्ना मानिसलाई भ्रष्टाचार गर्ने अवसर दिएको पनि उनले बताएकी छिन् ।
बंगलादेश अब पाकिस्तान जस्तै बन्न नहुने पनि उनले पोष्टमा लेखेकी छिन् । सेना सत्तामा आउनु नहुने र राजनीतिक दलहरूले लोकतन्त्र र धर्मनिरपेक्षता ल्याउनु पर्ने पनि उनले पोष्टमा लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण