बङ्गलादेशमा बिहीबार नयाँ सरकारले सपथ लिनसक्ने
ढाका । बङ्गलादेशका सेना प्रमुख जनरल वेकर–उज–जमानले बुधबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुस स्वदेश फर्किएपछि बिहीबार साँझ नयाँ अन्तरिम सरकारले सपथ लिने सम्भावना रहेको बताएका छन् ।
“हामी भोलि सपथ ग्रहण समारोह आयोजना गर्न सक्दो प्रयास गर्नेछौँ,हामी करिब आठ बजे (जिएमटी १४ बजे) गर्न सक्छौँ, सपथ ग्रहण समारोहमा करिब चार सय व्यक्ति उपस्थित हुने सम्भावना छ”, उनले टेलिभिजन ब्रिफिङमा भने ।
युनुस अन्तरिम सरकारको नेतृत्व गर्न बङ्गलादेशमा आउँदा उनले ‘लोकतान्त्रिक प्रक्रिया’ मार्फत बङ्गलादेशको नेतृत्व गर्ने सेना प्रमुखले बताए । “उहाँ यस्तो गर्न अत्यन्त उत्सुक हुनुहुन्छ”, सेना प्रमुखले भने, “मलाई विश्वास छ, उहाँले हामीलाई सुन्दर लोकतान्त्रिक प्रक्रियामार्फत लैजान सक्षम हुनुहुनेछ र यसबाट हामी लाभान्वित हुनेछौँ ।”
नवनियुक्त प्रहरी प्रमुखद्वारा माफी
यसैबीच बङ्गलादेशका नवनियुक्त प्रहरी प्रमुखले बुधबार घातक विरोध प्रदर्शनका क्रममा अधिकारीहरूको आचारणका लागि माफी मागेका छन् । साथै उनले हत्याको ‘निष्पक्ष’ छानबिन गर्ने वाचा गरेका छन् ।
“हामी विद्यार्थी, सर्वसाधारण र प्रहरीको हालैका हरेक हत्याको निष्पक्ष छानबिन गर्न प्रतिबद्ध छौँ”, प्रहरी महानिरीक्षक मोहम्मद मैनुल इस्लामले पत्रकारहरूसँग भने ।
“अहिलेको आन्दोलनमा हाम्रा यसअघिका जिम्मेबार अधिकारीहरूले देशवासीको अपेक्षा अनुरूप आफ्नो जिम्मेबारी पूरा गर्न सकेनन्”, प्रधानमन्त्री पदबाट हटेपछि आफ्नो नियुक्ति भएको एक दिनपछि उनले भने, “म स्वयं प्रहरी प्रमुखका रूपमा यसका लागि बङ्गलादेश प्रहरीका तर्फबाट माफी माग्छु ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण