सादा पोसाकको प्रहरी हुँ भन्दै रकम असुली गर्ने पक्राउ
बिहीबार, २४ साउन २०८१, ०९ : १४
काठमाडौँ । सादा पोसाकको प्रहरी हुँ भन्दै रकम असुली गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रौतहट माधवनारायण नगरपालिका १ बस्ने २४ वर्षीय रमेश साहलाई प्रकरीले नियन्त्रणमा लिएको हो ।
साहाले सर्वसाधारणसँग रकम असुल गर्न खोज्नुका साथै विभिन्न व्यक्तिहरूको जिउ खानतलासी समेत गर्दै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
चेकजाँचको क्रममा उनको झोला भित्र सशस्त्र प्रहरी बलको तयारी हालतमा रहेको पोसाक समेत बरामद भएकोले अभद्र व्यवहार मुद्दा शिर्षकमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण