रौतहटमा नक्कली प्रहरी पक्राउ
रौतहट । रौतहटमा एक जना नक्कली प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय माधवनारयण नगरपालिका १ का २४ वर्षीय रमेश साह रहेका छन् । उनलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ ।
उनीमाथि (सार्वजनिक अपराध) अभद्र व्यवहार मुदुदा दायर गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।
गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत ड्डमरिया बजारमा गत मंगलबार राती ११ बजे आरोपी रमेशले आफू सादा पोसाकको घुमुवा प्रहरी हूँ भन्दै केही मानिसको जिउको खानतलासी गर्ने र पैसा असुल गर्ने योजना बनाएको भनी इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरमा सूचना आएको प्रहरीले जनाएको छ ।
सोही सूचनाका आधारमा साहलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । आरोपी साह इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण