रौतहटमा नक्कली प्रहरी पक्राउ

रौतहट । रौतहटमा एक जना नक्कली प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय माधवनारयण नगरपालिका १ का २४ वर्षीय रमेश साह रहेका छन् । उनलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ ।
उनीमाथि (सार्वजनिक अपराध) अभद्र व्यवहार मुदुदा दायर गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।
गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत ड्डमरिया बजारमा गत मंगलबार राती ११ बजे आरोपी रमेशले आफू सादा पोसाकको घुमुवा प्रहरी हूँ भन्दै केही मानिसको जिउको खानतलासी गर्ने र पैसा असुल गर्ने योजना बनाएको भनी इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरमा सूचना आएको प्रहरीले जनाएको छ ।
सोही सूचनाका आधारमा साहलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । आरोपी साह इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
दुर्गा र प्रतापको ‘ओइ नक्कले’मा सुशान्त र प्रियंकाको रोमान्स
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भव ?
-
इस्तानबुलमा हुने युक्रेन शान्ति वार्तामा पुटिन नजाने भएपछि रिसाए जेलेन्स्की