यो हो संसारको सबैभन्दा कडा बियर
स्टकहोम । बेइथिर फायर विश्वको सबैभन्दा कडा बियर हो । बियरको बोतलमै ‘एक पटकको बसाइमा ३५ एमएलभन्दा धेरै नखानु’ भनेर चेतावनी लेबल टाँसिएको छ । बियरमा अहिलेसम्मकै सबैभन्दा धेरै अल्कोहलको मात्रा भएकोले सो चेतावनी दिइएको समाचारमा उल्लेख छ ।
हुन् त रक्सीजन्य पेयपदार्थ हानिकारक हुन्छ नै । तर बेथिर फायर पिउँदा बढी नै सतर्क हुन जरुरी छ । बियरमा अल्कोहलको मात्रा ७५ प्रतिशत छ । यो यति कडा छ कि यसले जिब्रो लठ्ठ बनाइदिन्छ अनि घाँटी भतभती पोल्छ । स्कटल्यान्डको एटएटब्रुअरीले सन् २०२१ मा यो बियर बजारमा लञ्च गरेको थियो । बियरमा भएको अल्कोहलको उच्च मात्राका कारण चाँडै नै यसले चर्चा पायो । मातबाट र सम्भावित स्वास्थ्य समस्याहरू बच्न कम्पनीले एक पटकको बसाइमा बढीमा ३५ एम मात्रै यो बिर खान उपभोक्तालाई चेतावनी दिएको छ ।
‘यो बियर कमजोर मुटु भएकाहरूका लागि होइन, यो थोरैथोरै गरेर मज्जा लिनका लागि मात्रै हो,’ कम्पनीको वेबसाइटमा बियरबारे लेखिएको छ । हालै एक जना टिकटक प्रयोगकर्ताले यो बियर खाएको भिडियो भाइरल बनेपछि बेइथिर फायरको चर्चा बढेको छ । एक बोतलको मूल्य ४५ पाउन्ड ९५ सेन्ट (७ हजार ८७७ नेपाली रुपैयाँ) छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण