स्रोत नखुलेको २४ लाखसहित ५ जना भारतीय पक्राउ
बुटवल । बाँके प्रहरीले स्रोत नखुलेको २४ लाख नगद रकमसहित ५ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँ उड्नका लागि तयारी अवस्थामा रहेका ५ जना भारतीय नागरिकलाई नेपालगन्ज विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका ४४ वर्षीय प्रकाश नारायण गुप्ता, ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आशिष गुप्ता, ३९ वर्षीय पङ्कज जयसवाल र ४६ वर्षीय विमल गुप्ता रहेका छन् ।
विमानस्थलमा चेकजाँच गर्ने क्रममा २४ लाख स्रोत नखुलेको रकम फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । बरामद रकम हुण्डी कारोबारको भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई हुन्डी कारोबारसम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण