साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्ति रोक्न संविधान संशोधन– महेश बस्नेत

काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्तिलाई नियन्त्रण गर्न संविधान संशोधन गर्न लागिएको बताएका छन् ।
बिहीवार राष्ट्रिय युवा संघ नेपालले संगठनको नयाँ ईन्चार्जलाई स्वागत तथा पुरानो ईन्चार्जलाई बिदाई गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । उनले देशमा राजनीतिक स्थिरता दिनका लागि कांग्रेस–एमालेबिच सत्ता सहकार्य भएको बताए । उनले साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्ति र अराजक प्रवृत्तिहरुलाई नियन्त्रण गर्न संविधान संशोधन गरिने बताए ।
उनले एमाले र कांग्रेस चुनाव अगाडी अन्य दलहरुसँग सहकार्य नगर्ने कुरामा प्रतिवद्ध भएको पनि बताए । उनले निर्वाचनसँग सम्बन्धित कानूनहरुलाई संशोधन गरेर जाने बताए । उनले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।
कार्यक्रममा बोल्दै नेकपा (एमाले) का केन्द्रिय सदस्य राजिव पहरीले ०८४ सालको निर्वाचन अगाडीसम्ममा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए । उनले ०८४ को निर्वाचन पछि एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउने गरी पार्टी अघि बढेको बताए । उनले युवाहरुलाई सोही योजना अनुरुप परिचालन गरिने बताए ।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले युवाहरुलाई सकारात्मक विचारसहित अगाडी बढाएमा देशको विकास र समृद्धि सम्भव हुने बताए । उनले युवाहरुलाई आत्मनिर्भरताको बाटोमा लानुपर्ने भन्दै आफ्नो कार्यकालमा एक हजार युवाहरुलाई उद्यमी बनाउने र ५० हजारलाई रोजगारी सिर्जना गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनलाग्दी ऋण लिन सरकारलाई आयोगको ‘लुपहोल’
-
रतुवामाई नगरपालिकाविरुद्ध उच्च अदालत विराटनगरको अन्तरिम आदेश
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान
-
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण