काठमाडौँ । आज नागपञ्चमीको अवसर पारेर काठमाडौँको नागपोखरीमा पूजा गर्नेहरूको घुइँचो लागेको छ । नागपञ्चमी पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ ।
नागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार प्रसादको रूपमा चढाउने र खाने गरिन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।
_kdQwOog82Z.jpg)
_gjBNgR2BYD.jpg)
_JR57CUdQR8.jpg)
_SxEIm8uLHk.jpg)
_2lzokwIlHK.jpg)
_YdwkGlvPnT.jpg)
_ZnmYRJDcBN.jpg)
_IuDluxZiWj.jpg)
_msRrVDLOwg.jpg)
_zK9dIkHEIV.jpg)
_8H55migTQM.jpg)
_UBkTmgVabI.jpg)
_z11SNVSexL.jpg)
_FNuMfJYq4V.jpg)
_pH1SVrHWNu.jpg)
_sKQxLUAeli.jpg)
_Wh5p1rzH7X.jpg)
_Sx8jgcjTS6.jpg)
_pyUFPrWcJ8.jpg)
_R8elpwUri5.jpg)
_CjiUh0LxwW.jpg)
_Ld27UcJVNJ.jpg)
_lcQlmnHmKE.jpg)
प्रतिक्रिया