चोरीको मोटरसाइकलसहित २ युवक पक्राउ
रौतहट । रौतहट स्थित चोरीको मोटरसाइकलसहित २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय बौद्धीमाई नगरपालिका–५ का वर्ष २० को भगत भन्ने अभिषेक यादव र वर्ष २१ को मुकेश कुमार राम रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।
चोरीको मोटरसाइकल सहित पक्राउ परेका दुवै जना जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताइन् ।
बिहीबार बिहान २ः३० बजे परोहा नगरपालिका ६ बस्ने मोतीलाल प्रसाद कुर्मीको नाममा दर्ता रहेको ना २० प ५८३२ नम्बर को १२५ सिसीको सुपर स्पलेण्डर मोटरसाइकल घरको बरण्डामा पार्किङ गरी राखेको स्थानबाट चोरी भएको थियो।
मोटरसाइकल चोरीको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट खटिएको प्रहरीको टोलीले खोजतलासको क्रममा बौद्धीमाई नगरपालिका ५ स्थित उक्त मोटरसाइकल सहित दुवै जना लाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण