रोकिएन बंगलादेशमा आन्दोलन, प्रधानन्यायाधीशको राजीनामा माग
शनिबार, २६ साउन २०८१, १५ : ०४
ढाका । बंगलादेशमा अन्तरिम सरकार बनेपछि पनि विद्यार्थी आन्दोलन रोकिएको छैन । शनिबार आन्दोलनरत विद्यार्थीले बंगलादेशको सर्वोच्च अदालत घेराउ गरेका हुन् ।
बीबीसी बंगला सेवाका संवाददाता अकबर हुसेनका अनुसार हजारौँ प्रदर्शनकारी विद्यार्थीले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छन्। प्रधानन्यायाधीशले पूर्वप्रधानमन्त्री शेख हसिनाको पक्षमा न्यायिक विद्रोह गर्ने काम गरिरहेको विद्यार्थीहरूले आरोप लगाएका छन् ।
यसअघि बंगलादेशमा अन्तरिम सरकार गठन भएको थियो । नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रूपमा शपथ लिएका छन् । राष्ट्रपति मोहम्मद शाहबुद्दीन, सैनिक नेता र विद्यार्थी नेताहरूबिचको बैठकपछि प्राध्यापक युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा मनोनीत गर्ने निर्णय भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण