ब्राजिल विमान दुर्घटना : ६२ जनाको शव फेला
साओ पाउलो । ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना भएको स्थानबाट सबै शवहरू फेला परेको अधिकारीहरूले पुष्टि गरेका छन्। शनिबार हताहत हुनेको सङ्ख्या ६२ मा परिमार्जन गरिएको थियो।
भोपास एयरलाइनद्वारा सञ्चालित ट्वीन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको थियो । भोपासले यसअघि दक्षिणी राज्य परानाको कास्केभेलदेखि साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलका लागि उडान भरेको एटीआर ७२-५०० विमानमा ५७ यात्रु र चार जना चालक दलका सदस्य बोकेको बताएको थियो। तर पछि त्यहाँ थप एक यात्रु उडानमा रहेको पुष्टि भएको थियो।
सामाजिक सञ्जालमा सेयर भइरहेका भिडियोहरूमा एउटा विमान जमिनमा खसिरहेको देखिएको छ । विमान एक आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भए पनि जमिनमा कोही पनि घाइते भएनन्। स्थानीय कन्डोमिनियम कम्प्लेक्समा रहेको एउटा घरमा मात्रै क्षति पुगेको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार ३४ जना पुरुष र २८ महिलाको शव सङ्कलन गरिएको छ । सबै शवहरूलाई साओ पाउलो सहरको एक शव गृहमा लगिएको छ, जहाँ तिनीहरूको पहिचान गरी परिवारहरूलाई हस्तान्तरण गरिनेछ । क्याप्टेन र फस्ट अफिसरको शव भने पहिले नै पहिचान भइसकेको छ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण