भारतले निर्माण गरेको भाषा परिषद्को भवन उद्घाटन
आइतबार, २७ साउन २०८१, १५ : ००
काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री र सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले नेपाल भाषा परिषद्को भवन उद्घाटन गरेका छन् ।
भूकम्पपछि भारतको अनुदान सहयोगमा सो भवन निर्माण भएको हो । सचिव मिस्रीको नेपाल भ्रमणको अवसरमा भवनको उद्घाटन गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
विदेश सचिव मिस्री आइतबार नेपाल भ्रमण आएका हुन् । बिहान नेपाल आइपुगेका उनले भारतीय दूतावासमा वृक्षारोपणका साथै कर्मचारीहरूसँग छलफल पनि गरेका छन् ।
आइतबार नै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण